०४ साउन २०८३, सोमबार

भारतको मणिपुरमा पहिरो, मृत्यु हुनेको संख्या ४८ पुग्यो

असार २१, २०७९
भारतको मणिपुरमा पहिरो, मृत्यु हुनेको संख्या ४८ पुग्यो

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजी कार्य मंगलवार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् ।

गत हप्ता नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो । यहाँ प्रमुख रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरैजसो कर्मचारी मृत्यु भएको थियो ।

राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक र अन्यका ४०० भन्दा बढी कर्मचारी उद्धार कार्यमा संलग्न रहेको अधिकारीले बताएका छन् ।

पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरुपमा अवरुद्ध भएको छ । - रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्