१० असार २०८३, बुधबार

चट्याङ लागेर ३ बालकको मृत्यु, १० जना घाइते

चट्याङ लागेर ३ बालकको मृत्यु, १० जना घाइते

लुम्बिनी प्रदेशका दुई जिल्ला गुल्मी र प्युठानमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । चटयाङ लागेर १० जना घाइते भएका छन् । 

गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए । 

मंगलवार बिहान ४ बजे घरमै सुतिरहेका बेला परेको चट्याङ लागेर विष्ट घाइते भएका थिए । उनलाई गुल्मी अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर उनकी भाउजू ४२ वर्षीया संगीता विष्ट घाइते भएकी छन् । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको पहिरो र चट्याङले घर तथा पशु चौपायामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।  

त्यस्तै प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ लागेर दुई बालकको मृत्यु भएको छ । 

चट्याङ लागेर ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

चट्याङ लागेर घाइते भएका उनीहरूलाई जिल्ला अस्पताल बिजुवार लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । 

चट्याङ लागेर सोही ठाउँका ५ जना र वडा नम्बर–१ का ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्