२३ असार २०८३, मंगलबार

मलेसियाको विस्र्टन कम्पनीले शून्य लागतमा नेपाली कामदार लैजाने

मलेसियाको विस्र्टन कम्पनीले शून्य लागतमा नेपाली कामदार लैजाने

मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।

मंगलवार आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेसनलबीच द्विपक्षीय सम्झौता भएको छ । 

सम्झौता पत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेसनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेसनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीमा २ मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । 

मलेसियाको कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेसनलबाट १४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेसनलबाट १७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौंमै आएको छ ।

बुधवार र बिहीवार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । 

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने विस्र्टन टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यबारे हामी अत्यन्त सजक छौं,’ उनले भने, ‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुने छैन ।’

कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्स लगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै २ उद्योग छन् । कम्पनीमा विभिन्न देशमा गरी करीब ८० हजार श्रमिक कार्यरत छन् ।

डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए । 

कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम १ हजार ५०० मलेसियन रिङ्गेट तलब पाउनेछन् । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ । 

आकर्षण इन्टरनेसनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको शुरूआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताए । १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्