
सामाजिक सञ्जाल ह्वाट्सएपले भारतमा १९ लाखभन्दा बढी अकाउन्टलाई प्रतिबन्ध लगाएको छ ।
नयाँ रिपोर्टअनुसार, प्रयोगकर्ताको उजुरीपछि १९ लाखभन्दा बढी अकाउन्टलाई प्रतिबन्ध लगाएको हो ।
मे महिनामा मात्रै ५२८ उजुरी परेको थियो भने २४ अकाउन्ट्समाथि कारबाही गरेको छ ।
कम्पनीले गैरकानूनी, अश्लील, मानहानी, धम्की, प्रलोभन जस्ता काम गर्ने प्रयोगकर्ताको खाता बन्द गरेको हो ।