११ असार २०८३, बिहीबार

विराटनगर महानगरपालिकामा ‘बालश्रममुक्त घर’ अभियान

विराटनगर महानगरपालिकामा ‘बालश्रममुक्त घर’ अभियान

विराटनगर महानगरपालिकाले बुधवारदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ ।

अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ । 
        
विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको घरबाट शुरू भएको अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य वडामा पनि अभियान विस्तार हुने बताइएको छ ।
    
अभियानमा लाग्ने २८ सर्वेक्षकलाई तालिम पनि दिएको महानगर सामाजिक महाशाखाले जनाएको छ । सर्वेक्षकले १५ वर्षमुनिका बालबालिको अवस्था पत्ता लगाउने र १२ वर्षमुनिका बालबालिका विद्यालय जान्छन कि जाँदैनन् पत्ता लगाउने रहेकोे छ ।
    
अभियानको शुभारम्भ गर्दै महानगर प्रमुख नागेश कोइरालाले विगत १३ वर्षअघि बालमैत्री नगर घोषणा भएको महानगरले थालेको यस किसिमको कार्यबाट नागरिकमा सचेतना आउने र आफ्ना बालबालिकालाई पठनपाठनमा लगाउने चेतना वृद्धि हुने विश्वास व्यक्त गरे ।
    
सो अवसरमा महानगरका उपप्रमुख शिल्पा निराला कार्की र वडाध्यक्ष न्यौपाने पनि अभियानका विषयमा बोलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्