२२ असार २०८३, सोमबार

प्राइमलाइफले विद्यार्थीलाई बाँड्यो झोला

प्राइमलाइफले विद्यार्थीलाई बाँड्यो झोला

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुरको खाट मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ । 

प्राइमलाइफले सामाजिक उत्तरदायित्वअन्तर्गत ३५० जना भन्दा बढी बालबालिकाहरूलाई झोला वितरण गरेको हो । साथै भवन निर्माणका लागि तीन लाख रूपैयाँ पनि आर्थिक सहयोग गरिएको छ । 

परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यतामा विद्यालयमै पुगेर झोला वितरण गरिएको हो छ । डा. खड्काको पहलमा कम्पनीले सहयोग गरेको हो ।

परराष्ट्रमन्त्री डा. खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले सक्ने सहयोग गर्ने बताए । साथै कम्पनीलाई आफ्नो पहलमा सहयोग गरेकोमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद पनि उनले दिए ।  

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएजसरी नै शिक्षा स्वास्थ्यजस्तो विषयमा समेत संवेदनशील हुने बताए । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले थप हौसला मिलेको बताए । 

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्ष्मण ज्ञवाली, मन्दिल अधिकारी, हरिबहादुर खड्का, विकास अधिकारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता थियो । 

salt training

कमेन्ट गर्नुहोस्