१५ असार २०८३, सोमबार

नाइजेरियाको राजधानीमा जेलमा सशस्त्र आक्रमण, कम्तीमा ३०० कैदी भागे

असार २२, २०७९
नाइजेरियाको राजधानीमा जेलमा सशस्त्र आक्रमण, कम्तीमा ३०० कैदी भागे

नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मङ्गलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा ३०० कैदी फरार भएका एक वरिष्ठ सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन् ।

घटनामा अन्य तीन जना घाइते भएका पनि बताइएको छ । आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए ।

उनीहरूले करिब ६०० जना कैदीबन्दीलाई छुटाएपनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा संख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिकमामिला मन्त्रालयका स्थायी सचिव शुइबु बेगोरले बताए । 

salt training

कमेन्ट गर्नुहोस्