
नेपाल बार एशोसिएशन उच्च अदालत जनकपुरले जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले गरेका विवादास्पद फैसलाहरू संकलन गरेर न्याय परिषद् सचिवालयमा पठाउने निर्णय गरेको छ ।
मनोज साहको हत्याका अभियुक्त पंकज भनिने दामोदार चौधरी लगायतका अभियुक्तलाई सफाइ दिएपछि बारको बैठक बसेर निर्णय गरिएको उपाध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले बताए ।
इजलास बहिष्कार गर्ने चर्चा चलेको भए पनि सोमवार बृहत् बैठक बसेर मंगलवार १ दिन इजलास बहिष्कार गर्ने निर्णय गरिने बताए ।
डा. भट्टराईले हत्या, बलात्कार, लागूऔषध लगायतका अभियुक्तलाई सफाइ दिएपछि छानबिनका लागि न्याय परिषद् पठाउने निर्णय भएको छ ।
EXCLUSIVE : विवादास्पद फैसला– हतियारसहित रंगेहात पक्राउ परेका हत्या आरोपीलाई सफाइ !