
अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० मा कारोबार भएको सुनको मूल्य प्रतितोला २०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आइतवार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार १०० थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार १८५ कायम रहेको महासंघले जनाएको छ ।