११ साउन २०८३, सोमबार

भारतविरुद्धको अन्तिम टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी

असार २७, २०७९
भारतविरुद्धको अन्तिम टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी

घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा जीत निकालेको छ ।

आइतवार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई १७ रनले हराएको हो ।

अन्तिम खेलमा जीत निकालेपनि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज २-१ ले गुमाएको छ ।

इंग्ल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन अत्र जोड्न सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्