२९ जेठ २०८३, शुक्रबार

आज रातिसम्म यी स्थानमा भारी वर्षाको सम्भावना

आज रातिसम्म यी स्थानमा भारी वर्षाको सम्भावना

सोमवार बिहान मुलुकभर आंशिकदेखि सामान्य बदली रहेको मौसम विभागले जनाएको छ ।

अहिले मुलुकमा मनसुनी वायुको सामान्य प्रभाव रहेको समेत विभागले जनाएको छ ।

सोमवार बिहान एक बुलेटिन जारी गर्दै विभागले बिहान सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ।  

विभागले आज रातिसम्म नै मुलुकभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरेको छ ।

 देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । सोमवार दिउँसो बाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

सोमवार राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  

सुदूरपश्चिम तथा लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्