
राष्ट्रपति विद्यादेवी भण्डारीले सुशिलकुमार लम्साललाई इजिप्टको राजदूत पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले लम्सालाई सोमवार इजिप्टका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
त्यस्तै, राष्ट्रपति भण्डारीले भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवसीय राजदूत तथा संयुक्त राष्ट्र संघ कार्यालय, भियानाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।