०७ असार २०८३, आइतबार

दिल्लीमा यस्तो छ प्रचण्डको आजको कार्यक्रम

दिल्लीमा यस्तो छ प्रचण्डको आजको कार्यक्रम

शुक्रबारदेखि भारत भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार राजनीतिक भेटघाटमा व्यस्त रहने भएका छन् । शनिबार प्रचण्डले दिल्लीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ । त्यस्तै शनिबार नै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ  । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाटको कार्यक्रम पनि रहेको जनाइएको छ । 

यसअघि शुक्रबार उनले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेट गरेका थिए । त्यस्तै आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्