
भारतको उत्तर प्रदेशस्थित मथुरामा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथको फोटो फोहोरसँगै डस्टबिनमा राख्ने सफाइकर्मी बर्खास्त भएका छन् ।
सडकमा फोहोरसँगै मोदी र योगीको फोटो राखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगर निगमले कारवाही गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फोहोर संकलन गर्ने क्रममा मोदी र योगीको फोटो समेत त्यही परेको सफाइकर्मी बबीले बताएका छन् । मथुरा–वृन्दावन नगर निगमका नगर आयुक्त सत्येन्द्रकुमार तिवारीले जनरलगंज क्षेत्रमा यस्तो भेटिएको जानकारी दिए ।
मोदी र योगीको फोटो फोहोरमा राखिएकोप्रति केही व्यक्तिले आपत्ति जनाएका थिए । विवाद भएपछि ती तस्वीरलाई तत्कालै फोहोरबाट हटाइएको थियो ।
A contractual worker at UP's Mathura Nagar Nigam was terminated after he was found carrying pictures of PM Narendra Modi and CM Yogi Adityanath among other dignitaries in his hand held garbage cart. pic.twitter.com/Jg2x3LW3Mk
— Piyush Rai (@Benarasiyaa) July 17, 2022