०९ असार २०८३, मंगलबार

नेपालगन्ज विमानस्थलमा एसी जडान

नेपालगन्ज विमानस्थलमा एसी जडान

नेपालगन्ज विमानस्थलको यात्रु कक्षलाई वातानुकूलित बनाइएको छ । गर्मीका कारण विमानस्थलको यात्रु कक्षमा यात्रुहरूलाई असहज भएपछि एसी जडान गरेर वातानुकुलित बनाइएको हो । 

नागरिक उड्ययन प्राधिकरणका अनुसार नेपालगन्ज विमानस्थलमा ४५ ‘टिआर’ क्षमताको ‘भिएचएफ टाइप एचभी एसी’ जडान गरिएको छ । आन्तरिक विमानस्थलहरूमा यात्रुहरूको सेवा सुविधा अभिवृद्धि गर्ने नीति अनुरुप नेपालगन्जमा एसी जडान गरिएको प्राधिकरणले जनाएको छ । 

एसी जडान गरिएपछि यात्रुहरूलाई गर्मीमा धेरै सहज महसुस भएको प्राधिकरणले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्