२३ जेठ २०८३, शनिबार

दीपिकालाई भेट्न हलिउड स्टार विन डीजल इण्डिया आउने

कात्तिक २०, २०७४
दीपिकालाई भेट्न हलिउड स्टार विन डीजल इण्डिया आउने
मुम्बई, २० पुस– बलिउड अभिनेत्री दीपिका पादुकोणको पहिलो हलिउड फिल्म 'xXx: Return of Xander Cage'१४ जनवरीमा रिलिज हुँदैछ ।

दीपिकाले फिल्म प्रमोशनको लागि उक्त फिल्मका अभिनेता तथा हलिउड स्टार विन डीजललाई इण्डियामा निम्ता गरेकी छिन् ।

दीपिकाले विन डीजललाई हिन्दीमा लेखेर निम्तो गरेकी थिइन् । ट्वीटरमा लेख्दै दीपिकाले विन डीजलको प्रतिक्षामा इण्डिया रहेकोे भन्दै आउने जनवरी १२ र १३ मा आफूहरुको भेट हुने आशा व्यक्त गरेकी छिन् । ‘विन डीजल तपाइँलाई हामी सबैले माया गर्छौ’ भनि दीपिकाले ट्वीटरमा लेखेकी छिन् ।

यस फिल्मको निर्देशक डीजे.कैरुसो हुन् । फिल्ममा डोनी येन र स्यामुअल एल. ज्याकसनले खेलेका छन् । दीपिका पादुकोण यस फिल्ममा सेरेना अंगरको भूमिकामा छिन् । फिल्ममा उनको एजेन्टको भूमिका छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्