२९ जेठ २०८३, शुक्रबार

आचरण र व्यवहार परिवर्तनले मात्र पनि सहरी व्यवस्थापनमा ठूलो परिवर्तन ल्याउन सक्छः बालेन शाह

आचरण र व्यवहार परिवर्तनले मात्र पनि सहरी व्यवस्थापनमा ठूलो परिवर्तन ल्याउन सक्छः बालेन शाह

सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा ठूलो परिवर्तन आउन सक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।  आज महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीकाविच सम्पन्न भएको पूर्वाधार विकास समन्वय बैठकमा प्रमुख शाहले सहर व्यवस्थापनमा आचरण सुधारको खाँचो औंल्याएका हुन् । 
‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, विजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौँ । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ,’ बैठकमा प्रमुख शाहको भनाइ थियो । 

‘खानेपानी वितरणका लागि खनिएका वडा १३, १४, १५ र २६ का सडक कहिलेसम्ममा कालोपत्रे हुन्छन्? खानेपानीको पाइप विछ्याउन सहमति माग भइआएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ?’ बैठकमा प्रमुख शाहले, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरुलाई प्रश्न गरेका थिए ।  त्यस्तै विद्युत प्राधिकरणका अधिकारीलाई, वडा नं. ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, माली गाउँ, कालो पुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि छोडिएको सडक कहिलेसम्ममा पुनस्र्थापना हुन्छ? भन्ने प्रश्न गरेका थिए ।  यसरी सोधिएका प्रश्नसँगै प्रमुख शाहले महानगरअन्तर्गत गर्नु पर्ने काम तदरुकताका साथ गरिने जानकारी दिए ।  

बैठक उपप्रमुख सुनिता डंगोलले, सहरी विकासका काममा समन्वय होस्, अन्यौल नहोस भन्ने उद्देश्य राखेर यस प्रकारको बैठक आयोजना गरिएको बताइन् ।  बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले बैठकमा उठेका सवालहरु अभिलेखीकरण गरेर मन्त्रालय तथा सम्बद्ध कार्यालयमा पठाइने बताए ।  ‘यी विषयहरु नागरिकलाई जानकारी दिन प्रत्यक्ष प्रसारण गरेका छौँ । सबैको साझा प्रयत्नबाट एकीकृत विकासमा योगदान गरौँ ।’ पौड्यालको जोड थियो ।
 
बैठकमा सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत प्राधिकरणलगायत कार्यालयका अधिकारीहरुले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताए ।  पाइप तथा विजुलीका तार विछ्याउन खनिएका सडक पानी पर्न छोडेपछि कालोपत्रे हुने उनीहरुको भनाइ थियो । 

बैठकमा सडकको मापदण्ड र अहिलेको अवस्था, ट्राफिक व्यवस्थापनको व्यववहारिक र कानुनी पक्ष तथा प्रविधिजन्य सम्भावना, ढल सञ्जालको मर्मत तथा पुनस्र्थापनाको काम, चोकहरुको सुधार, इन्टरनेट सेवा प्रदायकहरुले टाँगेका तार व्यवस्थापन लगायतका विषयहरुमा छलफल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्