०६ असार २०८३, शनिबार

चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई रु तीन लाख राहत वितरण गरिएको छ । चट्याङबाट गत असार १४ गते ज्यान गुमाएकी बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामकी सुस्मिता पुनको परिवारलाई सो रकम प्रदान गरिएको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल नेतृत्वको टोलीले पुनकै निवासमा पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । पुनको परिवारलाई सङ्घीय सरकारले रु दुई लाख, गण्डकी प्रदेश सरकारले रु ५० हजार तथा काठेखोला गाउँपालिकाले रु ५० हजार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्