११ असार २०८३, बिहीबार

सशस्त्र प्रहरी अधिकृतहरूलाई फ्रेन्च भाषा सिकाइँदै

सशस्त्र प्रहरी अधिकृतहरूलाई फ्रेन्च भाषा सिकाइँदै

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गतेदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा संचालन गरिएको छ ।    सो प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । 
    सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्व दिनानु दिन बढ्दै गईरहेको चर्चा गर्दै संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरुप उक्त प्रशिक्षण  कक्षा संचालन गरिएको बताए । 

उनले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा एक महत्वपूर्ण भाषा रहेकोले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त भाषामा दक्ष बनाई भविष्यमा विभिन्न मिशनमा खटिँदा भाषा सम्बन्धमा कुनै कठिनाईहरु नआओस र भविष्यमा विभिन्न मिशन ईलाकामा खटिनु पुर्व फ्रेन्च भाषामा लिईने परिक्षामा समेत धेरै भन्दा धेरै उत्तिर्ण भई सशस्त्र प्रहरीको सहभागिता बढ्ने विश्वासका साथ भाषा प्रशिक्षण सुरु गरिएको बताए । 
        उक्त फ्रेन्च भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक सहित कुल ४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरुको सहभागीता रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्