२४ जेठ २०८३, आइतबार

पञ्चेश्वर क्षेत्रमा सेनाद्वारा वृक्षरोपण

पञ्चेश्वर क्षेत्रमा सेनाद्वारा वृक्षरोपण

डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको पञ्चेश्वर महादेवको मन्दिर क्षेत्रमा नेपाली सेनाले साउने सोमबारको अवसरमा २०० प्रजातिका बहुउपयोगी बिरुवा रोपण गरेको छ । नं ५ बाहिनी अड्डाका बाहिनीपति तथा सहायक रथी मानबहादुर महराले कपुरकोे वृक्षरोपणको शुभारम्भ गरे ।

उक्त गणको आयोजनामा शुभारम्भ भएको सो कार्यक्रम यही साउन ३० गतेसम्म जिल्लामा रहेका  अन्य युनिटहरूले पनि सञ्चालन गर्ने बाहिनी अड्डाले जनाएको छ । डोटी जिल्लालाई विभिन्न प्रजातिका बहुउपयोगी बिरुवा रोपेर हरियाली बनाउने उद्देश्यका साथ सेनाले वृक्षरोपण अगाडि बढाएको बाहिनीपति तथा सहायकरथी महराले जानकारी दिए ।

मन्दिर क्षेत्रमा एभोकाडो, रुद्राक्ष, कपुर, कागती, अम्बा, कटहर, अमला, बेलपत्रलगायतका बिरुवा रोपण गरिएको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी शङ्करबहादुर कठायतले जानकारी दिए । सार्वजनिक, सामुदायिक स्थान र सेनातर्फ ब्यारेक र तालिम केन्द्रमा पनि बहुउपयोगी बिरुवा रोपणको तयारी भइरहेको सर्वेश्वर गणका गणपति तथा प्रमुख सेनानी विश्वराज थापाले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्