
आज (मंगलवार) महाकाली, कमला लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो क्रम भोलि (बुधवार)सम्म चल्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार, आज र भोलि महाकाली, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका केही सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।
यस्तै केही नदीहरूमा बहाव सतर्कता आसपाससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको भन्दै नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।