०४ असार २०८३, बिहीबार

प्रेस युनियनको महाधिवेशनः अनिता विन्दु संस्थापन पक्षको उम्मेदवार

प्रेस युनियनको महाधिवेशनः अनिता विन्दु संस्थापन पक्षको उम्मेदवार

नेपाली कांग्रेस संस्थापन पक्षले अनिता विन्दुलाई प्रेस युनियनको अध्यक्ष पदको उम्मेदवार बनाउने भएको छ । साउन ६ र ७ गते हेटौँडामा हुने नवौँ महाधिवेशनमा कांग्रेसको संस्थापन पक्षले विन्दुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

संस्थापन पक्षले गठन गरेको पाँच सदस्यीय कार्यदलले मंगलवार अनिता विन्दुको नाम टुंगो लगाएको हो । संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाउन अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्साल रहेको कार्यदल बनाएको थियो । 

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि विन्दुलाई अध्यक्षमा अघि बढ्न कार्यदलले सिग्नल दिएको छ । सरोज अधिकारीलगायतले पनि संस्थापन पक्षबाट उम्मेदवार बन्ने तयारी गरेका थिए । 

नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत रहेकी अनिता विन्दु नेपाल टेलिभिजनमा कार्यरत छन् ।

संस्थापनइतर पक्षबाट अध्यक्षमा शिव लम्साल उम्मेदवार बन्ने लगभग निश्चित रहेको बताइन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्