२७ जेठ २०८३, बुधबार

जोरपाटीमा बोरिङ खन्दा निस्कियो लेदो माटो र पानीको फोहोरा

जोरपाटीमा बोरिङ खन्दा निस्कियो लेदो माटो र पानीको फोहोरा

काठमाडौंको जोरपाटीमा पानीको लागि बोरिङ खन्दा ग्याँस निस्किएको छ । 

जोरपाटीको चामुण्डामा रहेको स्थानीय सन्तबहादुर लामाको घरमा पानीको लागि बोरिङ खन्दा लेदो र माटो सहितको फोहोरा निस्किएको प्रहरीले बताएको छ । 

लेदो र माटोसहितको फोहोरा घरभन्दा माथि पुगेको छ । पानीसहितको लेदो र माटोको फोहोराले गर्दा वरपरका घरहरूमा समेत माटो र बालुवा थुप्रिएको छ । एक घण्टा अघिदेखि निस्किएको फोहोरा अझै जारी रहेको प्रहरीले बताएको छ । 

माटो र पानीसहितको फोहोरा निस्किएपछि बौद्धको प्रहरी वृत्तले खानी विभागलाई खबर गरेको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्