१२ असार २०८३, शुक्रबार

काठमाडौं महानगरमा थपियो तीनवटा अत्याधुनिक दमकल

काठमाडौं महानगरमा थपियो तीनवटा अत्याधुनिक दमकल

काठमाडौं महानगरपालिकामा थप तीनवटा वारुणयन्त्र (दमकल) आइपुगेको छ । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले उच्च प्रविधिजडित दमकल खरिद गरेको हो । 

महानगरपालिकाको अघिल्लो नेतृत्वले दमकल खरिदको निर्णय गरेको थियो । महानगरमा आइपुगेको उक्त दमकल मेयर बालेन्द्र साहले बुझेका छन् । मेयर साहले दमकल खरिदको निर्णय गर्ने पूर्व मेयर विद्यासुन्दर शाक्यलाई धन्यवाद दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्