०६ साउन २०८३, बुधबार

कोरोना संक्रमण बढ्दै, मंगलवार भेटिए ३५७ जना नयाँ संक्रमित

कोरोना संक्रमण बढ्दै, मंगलवार भेटिए ३५७ जना नयाँ संक्रमित

कोरोना भाइरसको संक्रमण पछिल्लो समय बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार ३ हजार ३२८ जनाको नमूना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

मंगलवार थपिएकासँगै मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । जसमध्ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् । ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् । सोमवार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । 
 

कमेन्ट गर्नुहोस्