२३ जेठ २०८३, शनिबार

सिनेमा हलहरूमा उल्फ एयर मास्क जडान

सिनेमा हलहरूमा उल्फ एयर मास्क जडान

गुण सिनेमा अन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरेको छ।

जसले सिनेमा हलका दर्शकहरुलाई कोरोना लगायतका भाइरसहरुबाट सुरक्षा प्रदान हुने बताइएको छ।

प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रश शाक्यबीच भएको सम्झौता अनुसार उल्फ एयर मास्क-१००० स्क्वायर फिटका ५ वटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको कम्पनीले जनाएको छ ।

उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नु अगाडि ७२ एयर क्वालिटी इन्डेक्स पियम २.५ : २२  युजी  प्रति मेट्रिक क्युब देखाइरहेको थियो भने जडान पश्चात १२ एयर क्वालिटी इन्डेक्स र पियम २.५: ४ युजी  प्रति मेट्रिक क्युब देखाएको थियो ।

जडान गरेको ४ देखि ५ घण्टा भित्र नै उक्त प्रडक्टले रिजल्ट देखाएको थियो । यो प्रडक्ट ७ देखि १० वर्षसम्म प्रयोग गर्न सकिनेछ भन्ने कुरा कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए ।

उक्त प्रडक्टको जडान पश्चात दरबार सिनेम्याक्सको रिजल्ट तल देखाइएको दृश्य मार्फत पनि थाहा पाउन सकिन्छ ।

एयर क्वालिटी बिशेष तल देखाइएको प्यारामीटर अन्तर्गत थाहा पाउन सकिन्छ ।

 

जर्मन टेक्नोलोजी प्रयोग गरेर 'अल अबाउट इनोभेसन्स' नामक संस्थाद्वारा भारतमा उत्पादन गरिएको मास्कबाट हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९. प्रतिशत नष्ट गरी सास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी बनाइएको कम्पनीको भनाइ छ ।

 

salt training

कमेन्ट गर्नुहोस्