×

NMB BANK
NIC ASIA

कालीगण्डकी करिडोरको काम धमाधम

साउन ४, २०७९

NTC
Premier Steels

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । 

Muktinath Bank

पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मकोे ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्र गर्ने काम ६ निर्माण कम्पनीले गरिरहेका छन् । उक्त खण्डको मिर्मीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्रका लागि काम भइरहेको छ । सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्र पनि धमाधम भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करिडोरअन्तर्गत फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको ट्र्याकओपन हालै ब्रेक थ्रु भएको छ । मोदीवेणी नजिकैको भिरमा काम गर्ने क्रममा दुर्घटना भएपछि रोकिएको काम हालै ब्रेक थ्रु भएको सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । अब उक्त खण्डमा वर्षायाम रोकिएलगत्तै थप स्तोरन्नतिको काम सुरु हुने छ । यस अघि सो खण्डको स्तरोन्नतिको जिम्मा लिएको सूर्य कन्सट्रक्शनको लापरवाहीका कारण कामले गति लिन सकेको थिएन ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको कामले बल्ल गति लिएको छ । रु नौ करोड १७ लाख ४९ हजारको लागतमा निर्माण हुनलागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक पहिल्यै खुलेको हो । मोदीवेणीबाट अर्मादीको खण्ड हालै सञ्चालनमा आएको छ । 
 
सेतीवेणीबाट पर्वतको रानीपानीसम्म सात किलोमिटर सडकमा प्यासिफक जलजला जेभीले कालोपत्रको काम गरेको छ । यो खण्डको काम  तीव्रगतिमा भएको छ । यो खण्ड अन्य काम सकेर कालोपत्रको चरणमा रहेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ । रानीपानीबाट फलेवास ढिकसम्मको २२ किमी सडकमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम धमाधम गरिरहेका छन् ।

Vianet communication

उक्त खण्डको रानीपानीबाट खबरको भिरसम्म ६ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जेभीले गरेको छ । यो खण्ड कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । त्यसैगरी खबरको भिरबाट फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वल्र्डवाइड ओमबुद्ध जेभीले स्तारोन्नति र कालोपत्र गर्ने काम गरिरहेको आयोजनाका सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । सेतीवेणीबाट फलेवास सडकखण्ड यसै आर्थिक वर्षममा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।

सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा सन्तोषजनक काम भएको छ । मिर्मीबाट सेतीवेणीसम्मको सडक स्तरोन्नतिका साथै कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम थालेका छन् । उक्त खण्डको तीन किमी सडक काष्ठमण्डप कालीमनकामना जेभीले गरेको छ भने सात किमी सडकको काम महादेव खिम्ती अञ्जना पराजुली जेभीले गरेको छ ।

उक्त सडकखण्डमा पनि कालोपत्रका लागि अहिले स्तरोन्नति तथा फाउण्डेशनको काम भइरहेको छ । मिर्मीबाट सेतीवेणीबीचको भिरमा कडा चट्टान परेका कारण कामले गति लिन नसकेको हो । उक्त स्थानमा चट्टान फोड्न विस्फोटनको तयारीसमेत गरिएको छ । कडा चट्टान हुँदा उक्त खण्डको काम सन्तोषजनक हिसाबले अगाडि बढ्न सकेको छैन ।

लमाएखोलामा पुल बनाउने काम अघि बढेको आचार्यले जानकारी दिए । भौगोलिक कठिनाइ र प्राविधिक समस्याले पुलको काम ढिला भएको हो । तत्कालका लागि बेलीब्रिज निर्माण गरेर गाडी गुड्ने बनाइने  छ । चौध किमी सडकखण्डका लागि कार्यालयले ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा पर्खाललगायतको काम गर्ने गरी २०७३ असारमा सूर्य कन्सट्रक्शनसँग सम्झौता भएको हो । अहिले सबै खण्डमा धमाधम काम भइरहेको छ ।

कालीगण्डकी लोकमार्गलाई धार्मिकमार्गका रूपमा हेरिएको छ । लुम्बिनीबाट मुक्तिनाथ र यसबीचमा पर्ने स्याङ्जाको राम्दी, सेतीवेणी, पुर्तीघाट, मोदीवेनी दिव्यधामजस्ता धार्मिकस्थललाई यो राजमार्गले छोएको छ । त्यस्तै कृषिको विकासमा पनि कालीगण्डकी लोकमार्ग वरदान सावित हुने देखिन्छ । विकासको मेरुदण्ड मानिएको कालीगण्डकी करिडोर पर्वत, स्याङ्जा खण्डमा जनप्रतिनिधिले समयमै काम सम्पन्न गर्न नियमित खबरदारी गरिरहेका छन् ।  रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x