असोज २, २०८०
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...
साउन ५, २०७९
ताइवानमाथि आक्रमण गर्नका लागि चीनलाई उक्साउने गतिविधि अमेरिकाले बढाउन थालेको छ ।
त्यसै सिलसिलामा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पलोसी ताइवान जान खोजिरहेकी छन् । गत अप्रिल महिनामा नै उनी त्यहाँ जान खोजेको भए पनि त्यतिखेर कोभिड लागेको भन्दै यात्रा रद्द गरेकी थिइन् ।
पलोसी त्यहाँ गइन् भने सन् १९९७ पछि ताइवान पुग्ने उच्चतम अमेरिकी अधिकारी हुनेछिन् । त्यो वर्ष सभामुख न्युट गिनग्रिच ताइवान गएका थिए ।
चीनले पलोसीको सम्भावित भ्रमणको खबर सार्वजनिक भएपछि त्यसमा घोर आपत्ति जनाएको छ । मंगलवार (१९ जुलाईमा) चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले पलोसी ताइवान गएमा चीन–अमेरिका सम्बन्धमा गम्भीर असर पर्ने बताए । त्यस भ्रमणले अमेरिका स्वयंले अपनाएको एक चीन नीतिलाई उल्लंघन गर्ने तथा त्यो वाशिङटन र बेइजिङबीच भएका विभिन्न सहमतिको पनि विपरीत हुने उनको भनाइ छ ।
चाओले यसभन्दा पनि कडा बयान दिँदै अमेरिका आफ्नो तरिकाले अघि बढेमा चीनले राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सुरक्षाका लागि दृढ उपाय अपनाउने बताए । यस भ्रमणको सबै परिणाम अमेरिकाले नै बेहोर्नुपर्ने उनको भनाइ छ ।
चिनियाँ अधिकारीहरूले विगतमा पनि यस्तै कठोर बयान दिने गरेका छन् । गत जुन महिनामा चीनका रक्षामन्त्री वे फङ्हले अमेरिकी समकक्षी लोयड अस्टिनसँग सिंगापुरमा भएको वार्ताका क्रममा ताइवान स्वतन्त्र बनाउने प्रयास गरिएमा चीनले युद्ध गर्न नहिचकिचाउने र पृथक्तावादी सबै प्रयासलाई धूलोपीठो बनाउने चेतावनी दिएका थिए ।
पढ्नुहोस् यो पनि :
अझ त्यसमाथि केही समययता चिनियाँ जनमुक्ति सेनाको वायुसेनाले ताइवानको हवाईक्षेत्र नजिक रहेको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा व्यापक रूपमा लडाकू विमानहरू उडाउन थालेको छ । ताइवानमा पृथक्तावादी स्वरहरू उच्च हुन थालेको भन्दै चेतावनी दिनका लागि चीनले यो गतिविधि बढाएको बताइन्छ ।
वायुसेनासँगै चिनियाँ जलसेनाले पनि ताइवान नजिक आफ्नो सक्रियतामा वृद्धि गरेको छ । उसले त्यहाँ विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ ।
यसैबीच चिनियाँ जलसेनाको उभयचर आक्रमण जहाज हाइनान सैन्य कारवाहीका लागि योग्य बनिसकेको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ । ताइवानमाथि चीनको आक्रमण उभयचर किसिमको हुने पश्चिमको आकलन छ ।
यससँगै चीनले ताइवानलाई नै ध्यानमा राख्दै डेढ महिनाअघि अन्य मुलुकमा युद्धको अवस्थामा बाहेक पनि चिनियाँ सेनाको तैनाथीलाई वैधता दिने परीक्षण प्रारूप (ट्रायल आउटलाइन्स) जारी गरेको छ । यी प्रारूपहरूले चीनको राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा तथा विकास चासोका साथै विश्व शान्ति र क्षेत्रीय स्थिरताको संरक्षण समेत गर्ने लक्ष्य लिएका छन् । ताइवानको भूमि उपयोग गरी पश्चिमले चीनको स्थिरता खलबल्याउन कोशिश गर्ने आकलनका साथ यो आउटलाइन्स ल्याइएको हो ।
पढ्नुहोस् यो पनि :
यी सबै घटनाक्रम विकसित भइरहँदा कुनै पनि बेलामा ताइवानमाथि चीनको आक्रमण हुन सक्ने आकलन अमेरिकाले गरेको छ । अनि अमेरिकी अधिकारीहरूको भनाइ र क्रियाकलापले चीनलाई आक्रमणका लागि उत्तेजित बनाउन खोजेको आभास पनि पाइन्छ ।
अमेरिकाको ट्रम्प प्रशासनले चीनविरुद्ध व्यापारयुद्ध शुरू गरेपछि अनि चीनको घेराबन्दीका लागि हिन्द प्रशान्त रणनीति ल्याएपछि उक्त प्रशासनका अधिकारीहरू ताइवान जान थालेका थिए । बाइडन प्रशासनले त्यसैलाई निरन्तरता दिएको छ र यसै वर्ष मात्र पनि अमेरिकी सांसदहरू ताइवान पुगेका छन् । अब संसद्की सभामुख नै ताइवान जान खोजेर चीनलाई सन्देश दिन चाहेकी छन् ।
त्यसो त अमेरिकी सेनाले पलोसीको भ्रमण यस समयमा उपयुक्त नभएको सुझाव दिएको राष्ट्रपति बाइडनले पत्रकारहरूलाई बताएका छन् । मासाचुसेट्स राज्यबाट एयर फोर्स वन विमान चढी वाशिङटन आउने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै बाइडनले सेनाको अनिच्छाको जानकारी दिएका हुन् ।
तर तिनै बाइडनले क्वाड सम्मेलनमा भाग लिन जापान गएको बेलामा पत्रकारहरूसँग कुरा गर्दै ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकी सेनाले हस्तक्षेप गर्ने बताए । ताइवानका विषयमा अमेरिकाले अपनाएको रणनीतिक दुविधाको नीति परित्याग गर्ने संकेत उनले दिएको भए पनि पछि अमेरिकी अधिकारीहरूले बाइडनको आशय त्यो नभएको भन्दै विवाद थामथुम पार्न खोजेका थिए ।
पढ्नुहोस् यो पनि :
चीनलाई उत्तेजित पार्नका लागि अमेरिकी जलसेनाको युद्धपोत विगत एक सातामा तीनपटक ताइवान जलसन्धिमा प्रवेश गरेको छ । स्वतन्त्र तथा खुला हिन्द प्रशान्तको प्रतिबद्धताका नाममा अमेरिकी सेनाले चालेको कदमलाई चीनले उत्तेजनात्मक कदम भनेको छ ।
रुसले युक्रेनमाथि चलाइरहेको विशेष सैन्य कारवाहीलाई चीनले निकै ध्यान दिएर नियालिरहेको र रुसले गरेको गल्ती नदोहोरिने गरी आक्रमण गर्न खोजेको अमेरिकाको भनाइ छ ।
अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बुधवार (२० जुलाईमा) यसको विस्तृत वर्णन गरे । अमेरिकाको प्रभावशाली थिंकट्यांक एस्पन सिक्योरिटी फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै बर्न्सले ताइवानमाथि चीनको आक्रमण अवश्यम्भावी रहेको तर यो तत्कालै नहुने बताए ।
कतिपय विश्लेषकहरूले चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनअघि राष्ट्रपति सी चिनपिङले ताइवानमाथि आक्रमण गरी पार्टीमा आफ्नो पकड थप बलियो बनाउने र तेस्रो कार्यकाल चलाउनका लागि माहोल तयार पार्ने योजना बनाएको बताएका छन् । तर बर्न्सले उक्त आकलनलाई अस्वीकार गरेका छन् ।
बर्न्सका अनुसार, चीनले युक्रेनमा रुसको संघर्ष देखेर अहिल्यै ताइवानमाथि आक्रमण गर्नु उचित नहुने निष्कर्ष निकालेको छ । भविष्यमा आफूले द्रुत गतिमा निर्णायक विजय हासिल गर्ने सामर्थ्य प्राप्त भएको अनुभव गरेपछि चाहिँ चीनले आक्रमण गर्ने सम्भावना रहेको उनी बताउँछन् ।
उनको भनाइलाई पुष्टि गर्ने गरी अमेरिकी गुप्तचर निकाय नेसनल इन्टेलिजेन्सकी निर्देशक एभ्रिल हाइन्सले पनि सन् २०३० सम्ममा चीनले ताइवानमाथि आक्रमण गरिसक्ने बताएकी छन् । राष्ट्रपति सीले सैन्यशक्ति प्रयोग गरी ताइवानलाई चीनमा मिसाउन खोजेको हाइन्सको भनाइ छ ।
तर अमेरिकी अधिकारीहरूको यो आकलनलाई सोलोडोलो पत्याउनुपर्ने कुनै कारण छैन । चीनले ताइवानलाई मुख्यभूमिमा मिसाउने भनी आकांक्षा व्यक्त गरेको भए पनि त्यस्तो पुनरेकीकरणका लागि युद्ध नै आवश्यक छ भन्ने अर्थ निकाल्न मिल्दैन । चिनियाँ पत्रकार मु चुनशानका अनुसार, चिनियाँ जनता र चिनियाँ समाज नै युद्धको पक्षमा छैनन् ।
चिनियाँ अधिकारीहरूले चर्को कुरा गरे पनि चिनियाँ जनता युद्धमा इच्छुक नरहेको द डिप्लोम्याटमा मु लेख्छन् । तर चीनले ताइवानलाई पृथक्तावादी सोच त्याग्नका लागि र पश्चिमबाट ताइवानले पाउने समर्थन रोक्नका लागि चर्को कुरा गर्ने अनि आफ्ना हातहतियार देखाउने गरेको मुको भनाइ छ । अमेरिका र इजरायलले इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने उद्देश्यले अपनाएको अधिकतम दबाबको रणनीति चीनले ताइवानमा लागू गर्न खोजेको उनी लेख्छन् ।
तर रुस युक्रेनमा फसे जस्तो गरी चीन ताइवानमा फसोस् र उसको आर्थिक विकासको गति रोकियोस् भन्ने उद्देश्य अमेरिकीहरूले लिएको चाहिँ देखिन्छ । ताइवानलाई करोडौं डलर बराबरको हातहतियार उपलब्ध गराउनका लागि उनीहरूले जोड दिएको देख्दा ताइवानको युक्रेनीकरण रणनीतिको आभास पाइन्छ ।
चीनले ताइवानमाथि आक्रमण गरी त्यसलाई आफ्नो अधीनमा ल्याउने परिदृश्यको आकलन गर्दै अमेरिकाको थिंकट्यांक सेन्टर फर ए न्यु अमेरिकन सिक्योरिटीले अक्टोबर २०२१ मा एउटा द पोइजन फ्रग स्ट्राटेनी शीर्षकको दस्तावेज सार्वजनिक गरेको छ । क्रिस डोगर्टी, जेनी माटुस्चाक र रिप्ली हन्टरले तयार पारेको उक्त दस्तावेजमा चीनलाई आक्रमणबाट विमुख बनाउने रणनीतिका बारेमा विशद चर्चा गरिएको छ ।
यो थिंकट्यांकको दस्तावेजलाई गम्भीरतापूर्वक लिनु जरूरी छ किनकि बाइडन प्रशासनका एसियाली प्रमुख कर्ट क्याम्बेलले मिशेल फ्लोर्नोयसँग मिलेर यो थिंकट्यांक खोलेका हुन् । यस संस्थाको दस्तावेजले बाइडन प्रशासनको सोचको थोरबहुत संकेत दिन्छ ।
हुन त ताइवानमाथि चीनको सम्भावित आक्रमणको हौवा पिटाएर अमेरिकी हतियार उद्योगलाई मालामाल बनाउने योजनाको संकेत जुलाई १ मा सीएनएनकी काइली एटवूडले तयार पारेको रिपोर्टबाट पनि पाइन्छ । त्यसमा उल्लेख भएअनुसार, अमेरिकी सांसदहरूले ताइवानलाई व्यापक संख्यामा छिटो हतियार उपलब्ध गराउन बाइडन प्रशासनलाई जोड दिइरहेका छन् ।
यी घटनाहरूलाई नियाल्दा अमेरिकीहरू ताइवानमाथि चीनको आक्रमणका लागि उत्सुक भइरहेको जस्तो लाग्छ । चिनियाँ अधिकारीहरूको बयान र चिनियाँ सेनाको गतिविधिले पनि त्यसैको संकेत गरेका छन् । र अमेरिकीहरूले बिछ्याएको यस जालोमा चीन पर्छ कि पर्दैन भविष्यले बताउनेछ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...
पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय ...
२०६८ फागुन दोस्रो साता अपराह्नको समयमा संविधानसभा अध्यक्षको कार्यकक्षमा संसद् रिपोर्टिङ गर्ने पत्रकारहरू जम्मा भएर बसिरहेका थियौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सो समयमा नियमितजसो पत्रकारहरूसँग अनौपचारिक कु...
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिवार हाङचउमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटको टाँक नलगाएको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । चिनियाँ राष्ट्रपतिलाई भेट्दा कूटनीतिक...
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...