
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा बिहीवार बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।