मंसिर २९, २०८०
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्न थालेको छ ।
कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि संकायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
त्यहाँ १७ उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । ४ वर्ष अघिदेखि सञ्चालन हँुदै आएको कृषि संकायमा मनाङ, मुस्ताङ, ताप्लेजुङ लगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै आएको विश्वविद्यालयका कृषि संकायका डिन लालप्रसाद अम्गाईले बताए ।
‘कृषि विषय विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ,’ उनले भने, ‘कृषि संकायका लागि छुट्याइएको ३८० बिघा जग्गा नाममा आउन सकेको छैन, यसका लागि पहल गरिरहेका छौं ।’
कृषि विषय (कृषि र पशु) मा अहिले स्नातक तहसम्म मात्रै पठनपाठन हुँदै आएकामा आउँदो शैक्षिक सत्रदेखि स्नातकोत्तरका कक्षा सञ्चालनका लागि तयारी भइरहेको उनले बताए । ‘वन विज्ञानतर्फको स्नातक तहका कक्षा सञ्चालन गर्नका लागि समेत काम अगाडि बढाएका छौं,’ उनले भने, ‘वन विज्ञान र कृषि विषयको ५० प्रतिशत कोर्स मिल्ने भएकाले सँगसँगै लैजाने प्रयासमा रहेका छौं ।’
कृषि पढ्ने विद्यार्थीलाई किसानको घरदैलोमा पठाएर ओजीटी कक्षा सञ्चालन गरी किसानलाई उन्नत खेती र प्रविधिबारे जानकारी दिने प्रयासमा लागेको उनले उल्लेख गरे । कृषिको आयातलाई प्रतिस्थापन गरी निर्यातमुखी कृषि प्रणालीको विकास गर्नका लागि किसानका घरदैलोमै विद्यार्थी पठाएर उत्पादकत्व बढाउने कार्यमा लागेको उनको भनाइ छ ।
‘विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने प्रयासमा लागेका छौं,’ उनले भने, ‘किसानलाई सँगै राखेर शिक्षा दिइयो भने त्यसले दीर्घकालीन समयसम्म असर गर्छ, किसान देशका गहना भएकाले तिनको सम्मान गरिनुपर्छ ।’
भौतिक पूर्वाधार निर्माणतर्फ विश्वविद्यालयको आफ्नै लगानीमा २० करोड रुपैयाँको एकेडेमिक भवन निर्माणको काम अगाडि बढाइएको छ ।
भैंसीको अनुवांशिक स्रोत केन्द्र स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा गोठ निर्माणको कार्य गरिएको छ । घाँसखेती समेत गरिएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाका तर्फबाट माछा पोखरी निर्माण गरिएको छ । विद्यार्थीलाई अनुसन्धान र प्रयोगात्मक कक्षाका लागि माछापोखरीमा माछापालन गरिएको छ ।
आयोजनाका तर्फबाटै प्रविधि प्रचार प्रसारका लागि समेत सहयोग गरिएको कृषि संकायका डिन अम्गाईले बताए ।
सामाजिक विकास मन्त्रालयका तर्फबाट कुखुरापालनका लागि खोर निर्माणसँगै तरकारी घर निर्माण गरिएको छ । उनका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कृषि र पशु पठनपाठन गर्दै आएका विद्यार्थीका लागि माटो परीक्षण प्रयोगशाला, पशु र रोगकीरा परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ ।
विद्यार्थीलाई अवलोकन, अध्ययन अनुसन्धानका लागि एक ठाउँबाट अर्को ठाउँमा जान र ल्याउनका लागि बसको आवश्यकता पर्ने भए पनि हालसम्म बस खरिद गर्न नसकिएको उनले बताए । ‘आउँदो शैक्षिक सत्रदेखि वन विज्ञानको स्नातक तहमा पठनपाठनका लागि तयारी गरेका छौं,’ डिन अम्गाईले भने, ‘त्यसका लागि विभिन्न विषयका लागि जिल्ला समेत छनोट गरिएका छन् ।’
उनका अनुसार जडीबुटीका लागि बझाङ, बाजुरा र दार्चुला, वन शिक्षाका लागि डडेल्धुराको जोगबुडा, कञ्चनपुर र कैलाली तथा वन्यजन्तुका लागि कैलालीको टीकापुर एवं घोडाघोडी क्षेत्रलाई छनोट गरिएको छ । यसका लागि पाठयक्रम निर्माण गर्ने कार्य भइरहेको छ ।
शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द गरी स्वच्छ ढंगबाट विश्वविद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइनुपर्ने उनको भनाइ छ । ‘पर्याप्त बजेट नहुँदा शैक्षिक गतिविधि विस्तार गर्ने कार्यसँगै भौतिक पूर्वाधार निर्माणमा निकै चुनौती छ,’ उनले भने, ‘शिक्षा क्षेत्रको विकासका लागि ३ वटै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी बजेटको व्यवस्था गर्नुपर्छ, यससँगै विश्वविद्यालयमा दक्ष जनशक्तिको व्यवस्था गरिनुपर्छ ।’ – राजेन्द्रप्रसाद पनेरु/रासस
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...