१० असार २०८३, बुधबार
राजधानीको नाजुक सडक सुरक्षा

भक्तपुरमा गुडिरहेको बस र स्कुटीलाई रुखले थिच्यो, तीन जनाको मृत्यु, दर्जन घाइते

भक्तपुरमा गुडिरहेको बस र स्कुटीलाई रुखले थिच्यो, तीन जनाको मृत्यु, दर्जन घाइते

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।

सल्लाको रुख ढलेर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा२ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा६१च नम्बरको स्कुटीलाई च्याप्दा अन्य १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिइन्। 

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रजिअ शर्माले बताइन् । 

उनका अनुसार मृत्यु भएका तीन मध्य एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन सकेको छैन ।

सो घटनामा मृतक नितेश खर्वुजाको सनाखत भएको हो । 

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । 

सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले जानकारी दिइन्  ।

घटनामा घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । 

मन्त्री खाँणले भक्तपुरका प्रमुख जिल्ला अधिकारी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन सो निर्देशन दिएका हुन् । 

गृहमन्त्री खाँणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक शुरू गर्न पनि निर्देशन दिएका छन् । 

 ।

salt training

कमेन्ट गर्नुहोस्