०१ साउन २०८३, शुक्रबार

ओडेसामा युक्रेनको सैन्य संरचना ध्वस्त पारेको रुसको दाबी

साउन ८, २०७९
ओडेसामा युक्रेनको सैन्य संरचना ध्वस्त पारेको रुसको दाबी

रुसले कृष्ण सागरको तटमा रहेको युक्रेनी शहर ओडेसामा शनिवार गरिएको क्षेप्यास्त्र आक्रमणका कारण युक्रेनको सैन्य संरचना ध्वस्त भएको दाबी गरेको छ । 

रुस र युक्रेनबीच कृष्ण सागरको बाटो हुँदै अन्नबालीको निर्यात खुलाउने सम्झौता भएलगत्तै रुसले ओडेसामा आक्रमण गरेपछि चौतर्फी निन्दा भएको थियो । 

रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनिन्, ‘कालिबर क्षेप्यास्त्रले ओडेसा बन्दरगाहमा रहेका सैन्य संरचनालाई सटीक आक्रमणका साथ ध्वस्त पारेको हो ।’

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यस्तो आक्रमणका कारण मस्कोसँग संवाद गर्न नसकिने स्थिति आएको बताएका थिए । 

आक्रमणमा युक्रेनको गश्ती डुंगा ध्वस्त भएको जाखारोभाले बताइन् । 

संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा अन्नबाली निर्यात खुलाउने सम्झौता भएलगत्तै क्षेप्यास्त्र आक्रमण गरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मुखमा थुकेको आरोप युक्रेनले लगाएको छ । 

मस्कोले प्रतिज्ञा पालन गर्ने नगरेको दाबी पनि जेलेन्स्कीले गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्