
प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुर सूर्यविनायकबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ र अर्का एक जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई दुव्र्यवहार गरेका थिए । मादक पदार्थ सेवन गरेका उनीहरूले धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा हातपात गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।