१६ असार २०८३, मंगलबार

उपचारका अभावमा आठ महिनादेखि  ओछयानमा

उपचारका अभावमा आठ महिनादेखि  ओछयानमा

रुखबाट लडेर ‘स्पाइनल इन्जुरी’(मेरुदण्डको चोट) भएकी शुक्लाफाँटा नगरपालिका–५ खजुवाका ५१ वर्षीय मनोरीदेवी साउद उपचारका अभावमा आठ महिनादेखि  ओछयान परेकी छन् ।

गत पुस १७ गते गाईगोरुका लागि स्याउला काट्ने क्रममा रुखबाट लडेर उनलाई ‘स्पाइनल इन्जुरी’ भएको हो । परिवारजनले धेरै ठाउँमा उपचार गराए पनि उनी ठीक हुन सकेकी छैन । “काठमाडौँदेखि भारतको नयाँ दिल्लीसम्म उपचारका लागि पु¥याए पनि ठीक हुन सकेको छैन”, मनोरीका श्रीमान् नरेन्द्रले भने, “विस्तारमै खाना खुवाउनेदेखि दिसापिसाबसमेत सफा गर्नुपर्ने अवस्था छ ।” मासिकरुपमा रु २० हजार बढीको औषधिमै खर्च गर्नुपर्ने अवस्था रहेको उgले गुनासो गरे । 

कर्जा पाउने सबै ठाउबाट पैसा मागेर उपचारमा खर्च गरी सकेपछि कोही पनि अब कर्जा दिनसमेत तयार नभएको उहाँले दुःखेसो पोखे । श्रीमतीको थप उपचारका लागि उनले दातृ निकायसँग आग्रह गरेका छन् । वडाध्यक्ष चक्रबहादुर खड्काले ओछ्यान परेकी मनोरीको उपचारका लागि व्यक्तिगतरुपमा रु १० हजार सहयोग गरेको बताए। 

नगर उपप्रमुख कल्पना पन्तको पहलमा स्पाइनल इन्जुरी भएकी साउदलाई ‘एयर म्याट्रेस’ उपलब्ध गराइएको छ । 

    ओछयानमा रहदा हुने घाउ(वेड स्वर) नहोस् भन्नका लागि सुदूरपश्चिम सरकार मातहत रहेको औषधि आपूर्ति शाखाबाट एयर म्याट्रेस ल्याएर पीडित महिलाको घरमै पुगेर उपलब्ध गराइएको नगर उपप्रमुख पन्तले बताइन् । नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्