×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

साउन ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
पाल्पाको रिब्दीकोट २ लघुवामा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।  घटनास्थलबाट १७ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेका छन् ।  बाग्लुङ्गगको बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु१ख ५९५२ नम्बरको बस दुर्घटनामा परेको हो ।
००००
भक्तपुरमा रुखले किचेर ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेका अनुसार बिहान सवा १२ बजे भक्तपुर नगरपालिका– १ सल्लाघारीको चोगाँ गणेशमा सल्लाको रुख ढल्दा बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कूटरलाई किचेको थियो । दुर्घटनामा ३ जनाले ज्यान गुमाएका हुन् ।
००००
रूपन्देहीमा कल सेन्टरको आवरणमा ठगी धन्दा हुने गरेको खुलेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरस्थित ब्लू स्काई कल सेन्टर स्थापना गरी त्यहाँबाट ठगी गर्ने गिरोहको ‘नेटवर्क’ सम्म प्रहरी पुग्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देही प्रमुख एसपी रवीन्द्र रेग्मीले नेपालमा कल सेन्टर स्थापना गरी भारतमा ठगी धन्दा गर्ने नेटवर्क रहेको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।
००००
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् । प्रदेश विनाको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उनले प्रदेशसभा ससदहरुलाई बलिदानीपूर्ण आन्दोलनले ल्याएको सङ्घीयताको विरोध नगर्न अनुरोध गरे । आइतबार विभिन्न समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा उनीहरुलाई सङ्घीयता बलियो बनाउन सहयोग गर्न सुझाए । ००००
साना कम्युनिस्ट पार्टीको गठबन्धनबाट मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र सो पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चा बाहिरिएको छ । सो पार्टीले सान दलको मोर्चामा नेकपा (बहुमत)लाई पनि समेटिनुपर्ने अडान लिएको थियो । तर, यसमा विप्लव नेतृत्वको नेकपालगायत असहमत भएपछि वैद्य माओवादी बाहिरिएको हो ।
००००
सर्वोच्च अदालतले राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यससँगै निर्वाचनमा गाई चुनाव चिह्न लिन राप्रपा नेपाललाई बाटो खुला भएको छ । 
सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । यससगै राप्रपा नेपाललाई गाई चिन्ह पाउने बाटो खुल्नुका साथै पार्टीले न्याय पाएको अध्यक्ष कमल थापाले बताए ।
००००
नेपाल उद्योग परिसंघको १९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको साधारण सभामा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री उमेश श्रेष्ठ, परिसंघका अध्यक्ष एमिरेट्स सांसद विनोद चौधरीलगायत प्रतिष्ठित, उच्च सरकारी अधिकारीहरु, प्रतिष्ठित उद्योगी व्यवसायीहरुलगायत सहभागी थिए।
००००
स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले थालनी गरेको छ ।
गत साउन ४ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याब्सन, एनप्याबसन, हिसान तथा अभिभावक संघबीच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने गराउने सहमति भएको थियो ।
००००
नेपाल प्रहरीका ९ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज समय अवधि पुगेका ठाउँमा काज सरूवा गरेको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको अवस्था सामान्य आँखाले देखेको भन्दा फरक भएको बताएका छन् । आइतवार नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देश पूर्णरूपले अभिभावकविहीन भएको बताएका हुन् ।
००००
सांसदहरू हाजिर गरेर घर हिँडेपछि गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा कारागार विधेयक निर्णयार्थ पेश गर्ने कार्यसूची थियो । आइतवार अपराह्न साढे ४ बजेको समयमा विधेयकलाई निर्णयार्थ पेश गर्ने क्रममा आवश्यक गणपूरक संख्या नभएपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरे ।
००००
पछिल्लो २४ घण्टामा देशभर  ३ सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।   

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८८८ नमूना परीक्षण गर्दा ३ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । 
आइतवार काठमाडौंमा आयोजित ‘विश्वको भू–राजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै प्रधानमन्त्री देउवालाई भेटेर एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरेको उनले बताए ।
००००
मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ  । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो दिनको कारोबारमा शेयर बजार ६१.०५ अंकले बढेको छ । 
मौद्रिक नीतिले शेयर धितो कर्जा गत वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७९र८० को लागि केही खुकुलो गर्दा यसको प्रभाव बजारमा सकारात्मक परेको देखिएको छ ।
००००
सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतवार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजनामा नेपाल भ्रमण दशक घोषणा गर्ने उल्लेख गरिएको छ । कार्ययोजनामा उक्त घोषणा आगामी तीन महिनाभित्र गरिसक्ने उल्लेख गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । तर, उक्त कार्यक्रम विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण प्रभावित भएको थियो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x