०३ साउन २०८३, आइतबार

कट्रिना र विक्कीलाई ज्यानको धम्की दिने व्यक्ति परे पक्राउ

साउन ९, २०७९
कट्रिना र विक्कीलाई ज्यानको धम्की दिने व्यक्ति परे पक्राउ

भारतको मुम्बई प्रहरीले अभिनेताद्वय कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की दिएको आरोप लागेका व्यक्तिलाई पक्राउ गरेको छ । 

सामाजिक सञ्जालमा अश्लील तथा धम्कीपूर्ण सन्देश पठाउने व्यक्तिका विरुद्ध विक्कीले उजुरी दर्ता गरेका थिए । 

ती व्यक्तिले कट्रिनलाई अप्ठ्यारो लाग्ने गरी पछ्याएका पनि थिए । इन्स्टाग्राममा उनले कट्रिना र विक्कीलाई धम्की दिएका हुन् । 

कट्रिनासँग बिहे गर्ने इच्छा राख्ने ती व्यक्ति विक्कीसँग कट्रिनाको विवाह भएपछि विक्षिप्त बनेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्