२४ जेठ २०८३, आइतबार

काठमाडौं र धरानमा साइरनरूपी उदाएका युवाहरूको भाषा बुझ्न जरुरी छः सभामुख सापकोटा

काठमाडौं र धरानमा साइरनरूपी उदाएका युवाहरूको भाषा बुझ्न जरुरी छः सभामुख सापकोटा
फाइल तस्बिर

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली राजनीतिमा युवाहरूको आवाज बुलन्द हुँदै गइरहेको बताएका छन् । सोमवार काठमाडौंमा ‘राष्ट्रमा जीपीएस समृद्ध अभियान’को उद्घाटन गर्दै उनले काठमाडौं, धरानलगायतका स्थानमा युवाहरूको आवाज बुलन्द देखिएको बताएका हुन् । 

सभामुख सापकोटाले युवाहरूको आवाज बुलन्द भइरहेको छिटपुट संकेत देखा परिरहेको भन्दै साइरनरूपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए । उनले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताए । 

सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताएका छन् । ‘हामी कति विडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौँ । जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैँ अचम्मित छु,’ उनले भने, ‘२ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरू आयात गर्छौं । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’

सभामुख सापकोटाले विश्वभर अराजकता र अन्तरविरोध मडारिन थालेको बताएका छन् । उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए । उनले यसबारेमा नेपालले पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । 

सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके ठूलो दुर्घटना हुने बताएका छन् । उनले नेपालले अहिले हरित क्रान्तितिर नै ध्यान दिनुपर्ने आवश्यक्ता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन जरुरी भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्