२३ असार २०८३, मंगलबार

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
प्रतिकात्मक तस्वीर

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार पनि उच्च अंकले उकालो लागेको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आइतवार पनि नेप्से परिसूचक उच्च अंकले बढेको थियो । बजारले सोमवार पनि सोही लय पछ््याउँदै अगाडि बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४.४५ अंकले उकालो लागेर २ हजार १३२.९६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.०५ अंकले उकालो लागेर ४०७.३८ मा पुगेको छ । 

कूल २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ मूल्यमा खरिद बिक्री भए । यसबाट नेप्से परिसूचक र कारोबार रकममा वृद्धि भएको देखिन्छ । 

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ २१.५१, व्यापार ५०.३८, होटल तथा पर्यटन ७५.६७, विकास बैंक २१३.३८, जलविद्युत् १०७.१३, वित्त १३८.१९, निर्जीवन बीमा १२५.७७, उत्पादन १७०.०९, अन्य १४.३९, लघुवित्त १८५.९८, जीवन बीमा २१०.७९, सामूहकि लगानी कोष ०.१ र लगानी १.७४ अंकले उकालो लागेको छ । 

सोमवारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ४५ अर्ब ७३ करोड ५९ लाख ९८ हजार ३७७ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १५ करोड २९ लाख २५ हजार ६७८ बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर १४ करोड ५१ लाख १५ हजार ३४२, नेपाल दूरसञ्चार कम्पनी ११ करोड ५१ लाख ७ हजार ४०५, हिमालयन डिस्टिलरी ११ करोड ४९ लाख ८४ लाख ३१४ र माथिल्लो तामाकोशी १० करोड ६० लाख ३१ हजार ६९५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए । 

७ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । सोमवारको कारोबारमा ती कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स, सूर्योदय बोमी लघुवित्त, ग्रनि डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त, बलेफी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । 

कूल १८ कम्पनीको शेयर मूल्य समेत ९ प्रतिशत बढीले वृद्धि भएको छ । मन्जुश्री फाइनान्स ५.८७, कुमारी बैंकको ऋणपत्र ३.९०, सिभिल बैंकको ऋणपत्र २.१८, सानिमा लार्ज क्याप २.०७ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले २ प्रतिशतले गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्