२९ जेठ २०८३, शुक्रबार

सम्मान तथा पदक सम्बन्धी विधेयक सर्वसम्मत पारित

सम्मान तथा पदक सम्बन्धी विधेयक सर्वसम्मत पारित

बागमती प्रदेश सभाको सोमवार अपराह्न बसेको बैठकले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई सर्वसम्मत पारित गरेको छ । 

प्रदेश सभाको सोमवारै बसेको पहिलो बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले विभूषण सिफारिस तथा सम्मान पदक ऐन २०७६ लाई संशोधन गर्ने समितिमा दफावार छलफल गरी प्रतिवेदनसहित विधेयक पारित गर्न प्रस्ताव टेबुल गरो थिए ।

बैठकमा विभूषणसम्बन्धी ऐनमा प्रदेशसभा सदस्यहरूले थप संशोधनका लागि प्रस्ताव दर्ता गरेका थिएनन् ।

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्