०५ असार २०८३, शुक्रबार

असंलग्न आन्दोलनको सफलताले  मात्र विश्व शान्ति र एकतालाई जोगाउन सक्छ : बस्नेत

असंलग्न आन्दोलनको सफलताले  मात्र विश्व शान्ति र एकतालाई जोगाउन सक्छ : बस्नेत

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले असंलग्न आन्दोलनले मात्र विश्व शान्ति र एकतालाई जोगाउन सक्ने बताएका छन् । अजरवैजानको राजधानी बाकुमा शुरु भएको असंलग्न आन्दोलनमा संलग्न राष्ट्रका युवाहरुको शिखर सम्मेलनमा नेपाली पक्षको प्रतिनिधि मण्डलको नेतृत्व गरेका बस्नेतले सो धारणा राखेका हुन्। 

युवा शिखर सम्मेलनलाई सम्वोधन गर्दै बस्नेतले भनेका छन् -' हामी भुगोलमा सानो वा विकासमा पछि परेका कारणले मात्र असंलग्न आन्दोलनमा लागेका होइनौं। हामी असंलग्न आन्दोलन मार्फत् सिङ्गो विश्वलाई यस्तो वनाउन चाहन्छौं जहाँ सवैले सवैको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गरुन् ।'

' विश्वशान्तिका अग्रदूत गौतम वुद्धका शान्ति  सन्देशदेखि  विगतमा विश्व समुदाय माझ नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने  प्रस्तावसम्म आइपुग्दा  नेपाल  असंलग्न आन्दोलनको  एउटा नेतृत्वदायी राष्ट्रको रुरपमा रहेको छ।'- बस्नेतले भने।

बस्नेतले असंलग्न आन्दोलनको सफलताले मात्र विश्वमा दिगो शान्ति , विकास , भातृत्व र  एकतालाई सुनिश्चित गर्न सक्ने वताए । 

जुलाई २५ देखि २९ तारिखसम्म बाकुमा हुने ' Non Aligned Movement Youth Summit-2022 ' मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बस्नेत हाल बाकुमा छन्। बस्नेतसंगै युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरेले  पनि युवा शिखर सम्मेलनमा भाग लिइरहेका  छन् । जुलाई २९ मा समापन हुने सम्मेलनबाट असंलग्न आन्दोलन युवा नेटवर्क समेत गठन हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्