२५ जेठ २०८३, सोमबार

ओसाकामाथि पीएसजीको फराकिलो जीत

साउन १०, २०७९
ओसाकामाथि पीएसजीको फराकिलो जीत

प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जीत निकालेको छ। 

जापानमा सोमबार भएको मैत्रीपूर्णमा पीएसजीले जे लिग क्लब गाम्बा ओसाकालाई ६-२ गोल अन्तरले हराएको हो ।

पीएसजीलाई जीत दिलाउन नेयमारले दुई गोल गरे ।

यस्तै पाब्लो सराबिया, लियोनल मेस्सी, केलियन एमबाप्पे र नुनो मेन्डीसले एक एक गोल गरे ।

ओसाकाका लागि केइसुके कुरोकावा र हिरोटो यामामीले एक एक गोल फर्काए ।

जापान भ्रमणमा रहेको पीएसजीको लगातार तेस्रो जीत हो ।

यस अघि पीएसजीले कावासाकी र उरावा रेड डाइमण्डलाई हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्