
एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् ।
उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
उनीसँग २४ वर्षभन्दा बढी सफल उद्यमीको रुपमा अनुभव छ ।
ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर शुरू गरेका हुन् ।
नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए ।
उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे ।
उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए ।
उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् ।