
नेपालमा टिभीएस टु ह्वीलरको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३, स्थुलि, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुलाई टिभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टिभीएसका प्रतिनिधिहरु बीच टोखामा नयाँ शोरुम शुरू गरिएको हो ।
टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, "टिभीएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। टिभीएस ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिइरहेको छ ।'
जगदम्बा मोटर्स प्रालि टिभीएसको एक मात्र आधिकारिक वितरक हो ।