०३ साउन २०८३, आइतबार

चुनाव मिति घोषणा नहुँदै रामचन्द्र पौडेल निर्वाचन क्षेत्रमा व्यस्त

चुनाव मिति घोषणा नहुँदै रामचन्द्र पौडेल निर्वाचन क्षेत्रमा व्यस्त

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचन क्षेत्रमा व्यस्त हुन थालेका छन् । 

गृहजिल्ला तनहुँमा रहेका पौडेलले गाउँ–गाउँमा कार्यकर्तासँगको भेटघाटलाई बाक्लो बनाएका छन् । मंगलवार पौडेलले केशवटारलगायत व्यास नगरपालिका १४ अन्तर्गतका विभिन्न स्थानमा भेटघाट गरेका छन् । 

तनहुँबाट लगातार चुनाव जित्दै आएका पौडेल २०७४ सालमा तनहुँ १ मा पराजित भएका थिए । पौडेलले फेरि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । पौडेल चितवन २ बाट पनि चुनाव लड्ने चर्चा छ । असार ३० गते तनहुँमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले पार्टीले जहाँबाट उठायो त्यहीबाट चुनाव लड्ने बताएका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्