पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको पृथ्वी स्मारक क्षेत्रमा नेपाली सेनामार्फत निर्माण गरिएको नयाँ संरचनाको मंगलवार उद्घाटन तथा पत्र हस्तान्तरण गरिएको छ ।
पृथ्वी स्मारक क्षेत्रमा आयोजित कार्यक्रममा नेपाली सेनाका मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले नेपाली सेनामार्फत निर्माण गरेको नयाँ संरचनाको उद्घाटन पश्चात पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्दलाल चित्रकारलाई पत्र हस्तान्तरण गरे ।
जबरजंग गण देवीघाटको व्यवस्थापनमा पृथ्वी स्मारकको संरक्षणका लागि पर्खाल, बार, शालिकमा रंगरोगन, विश्रामस्थल र शौचालयको निर्माण गरिएको छ ।
जबरजंग गणका प्रमुख सेनानी अरुण कार्कीका अनुसार २२ लाख ४७ हजार रुपैयाँ लगानीमा स्मारक संरक्षणका लागि अत्यावश्यक देखिएका नयाँ संरचनाको निर्माण जीर्ण भएका संरचनाको मर्मतसम्भार गरिएको हो ।
नेपाली सेनामार्फत करीब १ वर्षको अवधिमा स्मारक संरक्षणका लागि ३४० मिटरको स्टिलबार र २०५ मिटरको दायाँबायाँ फलामको बार लगाइएको छ । २०५ मिटरको स्मारक क्षेत्रको दायाँबायाँ ३ तर्फी पर्खाल बनाइएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले नेपाली सेनाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय अखण्डताको रक्षासहित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थलको संरचना निर्माणमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...