×

NIC ASIA

नेपालमा कुटनीतिक चलखेल

अमेरिकी सहायक विदेशमन्त्री लु भोलि नेपाल आउँदै, परराष्ट्र मन्त्रालय भन्छ – हामीलाई थाहा छैन

साउन ११, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीवार नेपाल आउने भएका छन् ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनी नेपाल आउन लागेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउनको लागि पनि उनी काठमाडौं आएर सक्रिय भूमिका निर्वाह गरेका थिए । 


Advertisment
Rupse Holidays
Nabil box

उच्च कूटनीतिक स्रोतले दिएको जानकारी अनुसार अमेरिकी सहायक विदेश मन्त्री लू बिहीवार र शुक्रवार नेपालमा रहनेछन् । उनी दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी अधिकारी हुन् । 

Vianet communication

तर लूको भ्रमणबारे परराष्ट्र मन्त्रालयले भने अनविज्ञता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सहायक विदेश मन्त्री लूको नेपाल भ्रमणबारे जानकारी नभएको प्रतिक्रिया दिइन् ।

‘मैले पनि केही पत्रकार साथीहरूबाट भ्रमणबारे सुनेको हुँ । म अहिले मन्त्रालयभन्दा केही बाहिर छु । मलाई अमेरिकी सहायक विदेश मन्त्रीको भ्रमणबारे मन्त्रालयले जानकारी गराएको छैन,’ लम्सालले भनिन् । 

अमेरिकी अधिकारीको नेपाल भ्रमणबारे आफूले अहिलेसम्म आधिकारिक जानकारी नपाएको उनले बताइन् । 

डोनाल्ड लूको भ्रमणबारे जानकारी लिन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँग सोध्न खोज्दा उनी सम्पर्कमा आएनन् । पौड्यालको सचिवालयले भने आवश्यक जानकारी मन्त्रालयको प्रवक्तामार्फत नै लिनुपर्ने बतायो ।

‘यो विषयमा प्रवक्ताज्यूसँग नै कुरा गर्नुहोला,’ पौड्यालको सचिवालयबाट जवाफ आयो । 

डोनाल्ड लूले गत मंसिर १–४ गतेसम्म नेपालमा रहेर उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । उनी अमेरिका फर्किएपछि गत फागुनको पहिलो हप्ता शीर्ष नेताहरूलाई टेलिफोन गरेर एमसीसी सम्झौता अनुमोदन नगरे राम्रो नहुने भनेर धम्की समेत दिएको सार्वजनिक भएको थियो । 

उनै लू नेपाल भ्रमणमा आउन लाग्दा परराष्ट्र मन्त्रालयले भने गुपचुप राख्न खोजेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x