२४ जेठ २०८३, आइतबार
नेपालमा कुटनीतिक चलखेल

अमेरिकी सहायक विदेशमन्त्री लु भोलि नेपाल आउँदै, परराष्ट्र मन्त्रालय भन्छ – हामीलाई थाहा छैन

अमेरिकी सहायक विदेशमन्त्री लु भोलि नेपाल आउँदै, परराष्ट्र मन्त्रालय भन्छ – हामीलाई थाहा छैन

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीवार नेपाल आउने भएका छन् ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनी नेपाल आउन लागेका हुन् । 

यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउनको लागि पनि उनी काठमाडौं आएर सक्रिय भूमिका निर्वाह गरेका थिए । 

उच्च कूटनीतिक स्रोतले दिएको जानकारी अनुसार अमेरिकी सहायक विदेश मन्त्री लू बिहीवार र शुक्रवार नेपालमा रहनेछन् । उनी दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी अधिकारी हुन् । 

तर लूको भ्रमणबारे परराष्ट्र मन्त्रालयले भने अनविज्ञता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सहायक विदेश मन्त्री लूको नेपाल भ्रमणबारे जानकारी नभएको प्रतिक्रिया दिइन् ।

‘मैले पनि केही पत्रकार साथीहरूबाट भ्रमणबारे सुनेको हुँ । म अहिले मन्त्रालयभन्दा केही बाहिर छु । मलाई अमेरिकी सहायक विदेश मन्त्रीको भ्रमणबारे मन्त्रालयले जानकारी गराएको छैन,’ लम्सालले भनिन् । 

अमेरिकी अधिकारीको नेपाल भ्रमणबारे आफूले अहिलेसम्म आधिकारिक जानकारी नपाएको उनले बताइन् । 

डोनाल्ड लूको भ्रमणबारे जानकारी लिन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँग सोध्न खोज्दा उनी सम्पर्कमा आएनन् । पौड्यालको सचिवालयले भने आवश्यक जानकारी मन्त्रालयको प्रवक्तामार्फत नै लिनुपर्ने बतायो ।

‘यो विषयमा प्रवक्ताज्यूसँग नै कुरा गर्नुहोला,’ पौड्यालको सचिवालयबाट जवाफ आयो । 

डोनाल्ड लूले गत मंसिर १–४ गतेसम्म नेपालमा रहेर उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । उनी अमेरिका फर्किएपछि गत फागुनको पहिलो हप्ता शीर्ष नेताहरूलाई टेलिफोन गरेर एमसीसी सम्झौता अनुमोदन नगरे राम्रो नहुने भनेर धम्की समेत दिएको सार्वजनिक भएको थियो । 

उनै लू नेपाल भ्रमणमा आउन लाग्दा परराष्ट्र मन्त्रालयले भने गुपचुप राख्न खोजेको छ । 

salt training

कमेन्ट गर्नुहोस्