
बुटवल, साउन १२ । रूपन्देहीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् ।
जिल्ला शिक्षा इकाई, रूपन्देहीका अनुसार एक सामुदायिक विद्यालय र दुई संस्थागत विद्यालयका विद्यार्थीले सर्वोकृष्ट नतिजा ल्याएका हुन् ।
सामुदायिक विद्यालयतर्फ कालिका मानवज्ञान माविका छात्र विवेक न्यौपाने ४ जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।
विद्यालयबाट ६०६ जना विद्यार्थी एसईईमा सहभागी थिए ।
त्यस्तै संस्थागत अक्सफोर्ड माविका बिलक्षण भुसाल र दिपेश भुसालले ४ जीपीए ल्याएको प्राचार्य दिनेश भुसालले जानकारी दिए ।
बुटवलकै अर्को न्यू होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए ४ ल्याएको प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए ।
रूपन्देहीको यस वर्ष एसईई नजितामा सुधार ल्याएको छ ।
रूपन्देहीले हरेक वर्ष ४.० जीपीई ल्याउँदै आएको छ ।
रुपन्देहीका ३३५ विद्यालयका १७ हजार ६९३ जना विद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ ।
लुम्बिनी प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कूल उत्तीर्णको १७.४५ प्रतिशत हो ।
रूपन्देही शैक्षिक केन्द्रको रुपमा विकास भएको छ ।