०५ साउन २०८३, मंगलबार

रोमानियामा यसरी हुँदैछ ‘वर एण्ड वधु’ फिल्मको सुटिङ (तस्वीरहरू)

रोमानियामा यसरी हुँदैछ ‘वर एण्ड वधु’ फिल्मको सुटिङ (तस्वीरहरू)

मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’को छायांकन यतिबेला युरोपेली मुलुक रोमानियामा भइरहेको छ ।

अभिनेत्री आँचल शर्मा, विवेक कर्माचार्यलगायतको मुख्य भूमिका रहेको चलचित्रको विगत ३ सातादेखि रोमानियामा छायाँकन चलिरहेको हो । अझै ५ दिन रोमानियामा छायाँकन हुने र बाँकी छायाँकन नेपालमा गरिने निर्देशक चाम्सले बताए ।

बुधवारसम्म यास सहरमा भइरहेको छायांकन बिहीवारदेखि भने कन्सटंगा शहरमा शुरू भएको छ । 

त्यहाँको सुटिङ सकेर निर्माण टिम आउँदो साता काठमाडौं फर्किने तयारीमा छ । चलचित्रको रोमानिया छायांकन सकिने केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्वीरहरू सार्वजनिक गरेको छ । जहाँ, आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् ।

चलचित्रका निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए ।

रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । 

रोमानियामा चलचित्रको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सले गरे । सुदीप बरालको छायांकन रहेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । तर, निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरले चलचित्रप्रति दर्शकको उत्सुकता बढ्ने निश्चित छ ।


 

कमेन्ट गर्नुहोस्