२१ जेठ २०८३, बिहीबार

यचु तेल बजारमा, कपालको सम्पूर्ण समस्या समाधान हुने दावी

यचु तेल बजारमा, कपालको सम्पूर्ण समस्या समाधान हुने दावी

भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको यचु हेयर तेल बजारमा आएको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सो तेललाई एक कार्यक्रमका बीच बिहीवार सार्वजनिक गरिन् ।

कार्यक्रममा उपप्रमुख डंगोलले स्थानीय आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

कार्यक्रममा डंगोलले आधुनिकताको नाममा आदिवासी अभ्यासलाई बिर्सिँदा अरुको भर पुर्न परेको विचार राखिन् ।

‘हामी अरुले प्रुफ गरेर एप्रुभ गरिदियोस् भनेर कुरेर बस्छौँ र परनिर्भरता बढेको छ । हामीसँग पहिल्यै प्रमाणित भइसकेको आदिवासी अभ्यासहरू छन्, त्यसलाई ब्रान्डिङ गरौं न’ डंगोलले भनिन् । 

कार्यक्रममा उपप्रमुख डंगोलले भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको यचु हेयर आयलको औपचारिक घोषणा गरेकी थिइन् । 

कार्यक्रममा कपालमा लगाउने तीन थरी तेलको घोषणा गरिएको थियो । नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने तेलको घोषणा गरिएको थियो । 

कपाललाई प्राकृतिक रुपमा कालो बनाउने तेल पनि योजनामा रहेको भएपनि यसको केही परिक्षण बाँकी भएको र यसलाई पनि चाँडै नै बजारमा ल्याउने भूमिका प्रवन्ध निर्देशक उज्जवल मानन्धरले बताए । 

३३ थरीका विभिन्न प्राकृतिक जडिबुटिलगायतका वस्तुहरुको समिश्रणबाट यी तेल बनाएको कम्पनीले जानकारी दिएको छ । 

तीन वर्षको अनुसन्धान र परीक्षणपछि यचु हेयर आयल बनाउन सफल भएको प्रबन्ध निर्देशक मानन्धरले बताए । 

कपाल झर्ने, कपाल नउम्रिने र चायाँ लगायतका समस्यामा यस तेलको सफल परिक्षण भइसकेको र परिणाम पनि राम्रै पाएको मानन्धरले दाबी गरे ।

‘यहि तेलबाट हामीले करीब एक महिना निःशुल्क शिविर चलायौँ । कपाल नभएकाहरुको पनि कपाल बढेको, चायाँको समस्या समाधान भएको पाइएको छ । कसैले पनि यसको बारे नराम्रो प्रतिक्रिया दिनुभएको छैन’ मानन्धरले भने ।

कपालको समस्यालाई लिएर आफैंले अनुमानको भरमा तेल प्रयोग नगर्न र विज्ञको सल्लाह अनुसार यचु तेल प्रयोग गर्न मानन्धरले अनुरोध गरे । 

सहि ढङ्गले तेलको प्रयोग गरेमा कपाल सम्वन्धि समस्या ग्यारेन्टीका साथ समाधान हुने मानन्धरले दावी गरे । 

सोही कार्यक्रममा यचु हेयर आयललाई लिएर भएको टिकटक प्रतियोगिताका विजयी प्रतियोगी ३ जनालाई जनही १०/१० हजार र एक मेगा विजेतालाई एक लाख नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्