२८ जेठ २०८३, बिहीबार

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीवार नेपाल भ्रमणमा आएका छन् ।

उनी बिहीवार साँझ काठमाडौं आइपुगेका नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यसअघि पनि गत मंसिरमा नेपालको भ्रमण गरिसकेका उनले यस पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयाम लगायत विषयमा कुराकानी गर्ने दूतावासले जनाएको छ ।

उनले २ देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्नेछन् । दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रूपमा विविध विषयमा छलफलका लागि उनले यस क्षेत्रको भ्रमण गरेका हुन् ।

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्